कलाकारको गोपनीयता र सुरक्षामा साइबर आक्रमण हुने क्रम बढ्यो : भुवन केसी

नेपालभ्युज

कलाकारको गोपनीयता र सुरक्षामा साइबर आक्रमण हुने क्रम बढ्यो : भुवन केसी

काठमाडौं। चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारहरूको गोपनीयता र सुरक्षामा साइबर हमला हुने क्रम बढेको बताएका छन् ।

मंगलबार चलचित्र विकास बोर्डले काठमाडौंमा आयोजना गरेको फिल्म साइबर सेक्युरिटी डेस्कबारे अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यकारी अध्यक्ष केसीले प्रविधिका कारण सहज भएसँगै समस्या पनि बढिरहेको बताए । उनले प्रविधिले साइबर सुरक्षाको विषयमा नयाँ चुनौती थपेको बताए । कार्यकारी अध्यक्ष केसीले कलाकारहरूको गोपनियता र सुरक्षामा पनि साइबर हमला हुने क्रम बढ्दै गएको बताए ।

उनले साइबर हमलाको समस्याको समाधानका लागि विकास बोर्डले चलचित्र साइबर सेक्युरिटी सम्बन्धित डेडिकेटेड डेस्क हटलाइनसहित स्थापना गर्ने नीति लिएको स्पष्ट पारे ।

साइबर सुरक्षालाई बहुपक्षीय दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने बताए । नेपाली राष्ट्रिय चलचित्र उद्योगले सामना गरिरहेको साइबर सुरक्षा चुनौतीलाई सम्बोधन गर्न चलचित्र विकास बोर्ड प्रतिबद्ध रहेको उल्लेख गरे ।

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बोर्डले कर्मकाण्डी रूपमा मात्रै साइबर हमलाको विषयलाई उठाएको आरोप लगाए ।

उनले टिकटकले धेरै लामो समयको भिडियो अपलोड गर्न पाउनेगरी विकास गरेकाले सबै भिडियो टिकटबाट नै सार्वजनिक हुने गरेको बताए । उनले यसरी अनैतिक रूपमा भिडियो पोस्ट गर्नेहरूलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गर्नुपर्ने बताए ।

कार्यक्रममा सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले चलचित्रसम्बन्धी कानुनलाई नै बलियो बनाएर साइबर क्राइमका घटना कम गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा बन्ने चलचित्रहरूको स्वीकृति लिने मापदण्ड बनाई अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले प्रत्यक्ष असर परेका चलचित्रकर्मीहरूले उजुरी दिन कन्जुस्याइँ गर्न नहुने बताए । उनले साइबर अपराधलाई कम गर्न दर्शकहरूलाई सचेतना जगाउन आवश्यक रहेको बताए ।

प्रहरी उपरीक्षक रेग्मीले साइबर अपराध कम गर्नका लागि सबै सम्बन्धित निकायहरू मिलेर जनचेतनामुखी काम गर्न आवश्यक रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved