विराटनगरको झडपमा ६ प्रहरीसहित २० भन्दा बढी घाइते

नेपालभ्युज

विराटनगरको झडपमा ६ प्रहरीसहित २० भन्दा बढी घाइते

काठमाडौं। विराटनगरमा पहिचानवादी आन्दोलनका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ६ प्रहरीसहित २० भन्दा बढी घाइते भएका छन् ।

कोशी प्रदेशका सांसद सहभागी कार्यक्रमस्थल घेराउ गर्न विभिन्न स्थानबाट आन्दोलनकारी बस चढेरै विराटनगर पुगेका थिए । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक दर्जन भन्दा बढी प्रदर्शनकारी र ६ जना प्रहरी घाइते भएका हुन्।

अन्तर्क्रिया कार्यक्रम भइरहेको बेला कोशी नाम खारेजीको माग गर्दै आन्दोलनकारी कार्यक्रमस्थल रहेको होटलमै पुगेका थिए । ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि’स्रोत व्यवस्थापनसम्बन्धी कार्यक्रम चलिरहेको बेला इटहरी, धरान र इनरुवादेखि बस चढेर प्रदर्शनकारी विराटनगर पुगेका थिए।

झडपमा मोरङ ग्रामथानका सुरज राई, धरान १२ का अशोक राई, धरानका २२ वर्षीय उदय लिम्बू, इटहरी ५ का पदम केरुङ, धरान १६ का शिव आङदेम्बे, धरानकै ज्ञानप्रकाश राई, धरान ५ का एके दर्नाल धरान ५ का विशाल राई घाइते भएको कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ । उनीहरूको पारस अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

आन्दोलनकारीले ढुंगामुढा प्रहार गर्न थालेपछि पानीको फोहरा र दर्जनौं सेल अँश्रुग्यास प्रहार गरेको मोरङ प्रहरीको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved