आपराधिक गतिविधि नियन्त्रण र विपदको पूर्वतयारी गर्न मन्त्री श्रेष्ठको निर्देशन

नेपालभ्युज

आपराधिक गतिविधि नियन्त्रण र विपदको पूर्वतयारी गर्न मन्त्री श्रेष्ठको निर्देशन
गंगानारायण श्रेष्ठ, आन्तरिक मामिला तथा कानुमन्त्री, बाग्मती प्रदेश

काभ्रे। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले विपदको पूर्वतयारी र आपराधिक गतिविधि नियन्त्रण गर्न निर्देशन दिएका छन्।

मंगलबार काभ्रेको जिल्ला प्रहरी कार्यालय र कारागारको अनुगमन गर्ने क्रममा मन्त्री श्रेष्ठले जिल्लाको समग्र शान्ति सुरक्षा कायम राख्न निर्देशन दिएका हुन्।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल र प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालको टिमसहित मन्त्री श्रेष्ठले सेवाग्राहीलाई चुस्त दुरुस्त सेवा प्रदान गर्न, नदिजन्य पदार्थको चोरी निकासी रोक्नका लागि प्रभावकारी कदम चाल्न निर्देशन दिए।

काभ्रे कारागारका कैदी बन्दीहरूको दैनिकी जीवन, राज्यले दिएको सुविधासहित अतिरिक्त आवश्यकताका बारेमा समेत जानकारी लिएका थिए ।

अनुगमनका क्रममा मन्त्री श्रेष्ठले कारागारका समस्यालाई नीतिगत रूपमै हल गर्ने र खुला कारागारको नीति बनाउनेतर्फ पहल गरिने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved