एम्नेस्टीको प्रतिवेदन : मानव अधिकार हननका घटनामा कमी आएन

नेपालभ्युज

एम्नेस्टीको प्रतिवेदन : मानव अधिकार हननका घटनामा कमी आएन

काठमाडौं। एम्नेस्टी इन्टरनेसनलले विश्वको मानव अधिकारको अवस्था बारेको प्रतिवेदन सार्वजनिक गर्दै मानव अधिकार हननका घटनामा कमी नआएको निस्कर्ष सार्वजनिक गरेको छ। मार्च २८ को दिन पारेर एम्नेस्टीले विश्वभर एकसाथ निस्कर्ष प्रतिवेदन सार्वजनिक गरेको हो।

उक्त प्रतिवेदनमा एसिया प्रशान्त क्षेत्रमा रहेका भारत, बंगलादेश, इन्डोनेसिया, नेपाल, पाकिस्तान, श्रीलंका र थाइल्यान्ड लगायतका देशहरूमा स्वतन्त्रता माग गर्नेहरू माथि सरकारले गिरफ्तारी र हिरासतमा राख्ने काम निरन्तर गरिरहेको उल्लेख गरिएको छ।

अधिकार माग गर्ने व्यक्ति तथा समूहलाई दबाउन अत्यधिक र घातक बल प्रयोग भएको पनि प्रतिवेदनमा भनिएको छ।

कार्यक्रममा बोल्दै एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले नेपालको सबै सरकारले निरन्तर दमन गर्ने र असहिष्णु व्यवहार गर्ने गरेको बताए।

प्रतिवेदनले विभिन्न देशहरूले मानवअधिकार रक्षाको सवालमा निर्लज्ज भएर दोहोरो मापदण्ड स्थापित गदै गएको र नेपालको विषयमा प्रतिवेदनमा हास्य कलाकारको प्रस्तुतिमा सरकारले दोहोरो मापदण्ड बनाएको, मिटरब्याजी पीडितहरूको आन्दोलनमा प्रहरी लगाएर निर्ममतापूर्वक दमन गरेको उल्लेख छ ।

त्यस्तै, प्रतिवेदनमा नागरिकता प्राप्ति गर्ने समान अधिकारबाट वञ्चित गरेको पनि उल्लेख गरेको छ । एम्नेस्टी  इनटरनेसनलले मानव अधिकार हननका घटनामा कमी नआएको निस्कर्ष समेत निकालेको छ।

मंगलबार सार्वजनिक भएको प्रतिवेदनमा विकसित र ठूला भनिएका देशहरूले मानवअधिकारको विषयमा दोहोरो मापदण्ड देखाएको सार्वजनिक गरिएको छ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक अस्मिता सापकोटाले मानव अधिकारका सवालमा विभिन्न देशहरूले विषयअनुसार फरक-फरक धारण बनाएको र त्यसैअनुसार व्यवहार गरेर मानवअधिकार संरक्षणमा दोहोरो मापदण्ड बनाएको बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved