एकीकृत समाजवादीभित्र कलह : मुकुन्द न्यौपानेलाई सोधियो स्पष्टीकरण

केदार र चुँडामणिको राजीनामा स्वीकृत

नेपालभ्युज

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेता मुकुन्द न्यौपानेलाई भने स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।

पार्टी र नेतृत्वविरुद्ध फेसबूकमा मनपरी लेखेको र अवाञ्च्छित अभिव्यक्ति दिएको भन्दै उनलाई सातदिने स्पष्टीकरण सोधिएको हो । ‘एमालेनिकट अभिव्यक्ति दिने, कार्यकर्ता भड्काउनेलगायतका काम उहाँबाट भएपछि स्पष्टीकरण सोध्ने निर्णय भएको हो,’ एक नेताले भने ।

यस्तै उपाध्यक्ष केदार न्यौपाने र नेता चुँडामणि जंगलीको राजीनामा स्वीकृत गरेको छ । पार्टी-हितविरुद्ध बोलेको भन्दै पार्टीभित्रै आलोचना भएपछि उनीहरूले राजीनामा दिएका थिए । उक्त राजीनामा स्वीकृत भएको उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved