चैते घाममा मुरही र पानीको भरमा सुदखोरपीडितको आन्दोलन (फोटोफिचर)

उनीहरूले खाना र खाजाको रूपमा मुरही (भुजिया) खाइरहेका छन्। चैतको चर्काे घाममा मुरही पानीको भरमा आन्दोलन गर्न बाध्य छन्। अधिकांश महिला र केटाकेटी छन्।

नेपालभ्युज

चैते घाममा मुरही र पानीको भरमा सुदखोरपीडितको आन्दोलन (फोटोफिचर)

काठमाडौं। मिटरब्याज र ठगीको जालोमा परेका पीडितहरूले माइतीघर मण्डलमा धर्ना दिइरहेका छन्। धनुषा, सिराहा, महोत्तरी, सर्लाहीमा सुदखोरबाट ठगिँदै उठिबास लगाएका पीडितहरू १२ दिन हिँडेर काठमाडौं आएका हुन्।

बर्दिवास, पथलैया, हेटौंडा, भीमफेदी, चित्लाङ हुँदै पैदलै काठमाडौं आइपुगेका उनीहरू अहिले माइतीघरमा छन्। हिजो अपराह्न काठमाडौं आइपुगेका उनीहरूलाई महानगरले खुल्लामञ्चमा बस्न दिएन।

राति सडकमै बास सबेका उनीहरू बिहानै बालुवाटारमा प्रदर्शन गर्न गए। मध्याह्न माइतीघर आएर धर्नामा बसे। उनीहरूले खाना र खाजाको रूपमा मुरही (भुजिया) खाइरहेका छन्। चैतको चर्काे घाममा मुरही पानीको भरमा आन्दोलन गर्न बाध्य छन्। अधिकांश महिला, सुत्केरी र केटाकेटी छन्।

गरिब, निरक्षर किसान तथा मजदुरले थोरै ऋण लिएको भए पनि साहुले ठगेर महँगो ब्याज थपेर मूलधनमै जोड्ने र त्यसलाई कीर्ते गरी तमसुक बनाउने गरेका कारण थुप्रै पीडित भएका छन्।

पटक-पटक ऋण तिर्दा पनि चर्को ब्याज तथा दृष्टिबन्धक गराएर जग्गा नै लिने गरेकाले बिचल्लीमा परेका उनीहरूको गुनासो छ। उनीहरूले माग पूरा नहुँदासम्म घर नफर्किने बताएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved