राम नवमीमा कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिने

राम नवमीमा कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिने

सुर्खेत। चैते दशैंको भोलिपल्ट अर्थात् रामनवमीको अवसरमा  कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ । कर्णाली प्रदेश सरकारले राम नवमी (चैत्र नवमी)को अवसरमा चैत १६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत २९ गतेको निर्णयानुसार सार्वजनिक विदा दिइएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले बताए ।

प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved