अमेरिकाको प्राथमिक विद्यालयमा गोली चल्दा ६ जनाको ज्यान गयो

११ वर्षसम्मका बालबालिका अध्ययन गर्ने निजी विद्यालयमा झण्डै दुई सय विद्यार्थी थिए । गोली चलाउने महिला त्यही विद्यालयकी पूर्व विद्यार्थी रहेकी समेत प्रहरीले जनाएको छ ।

नेपालभ्युज

अमेरिकाको प्राथमिक विद्यालयमा गोली चल्दा ६ जनाको ज्यान गयो

एजेन्सी । अमेरिकाको एउटा प्राथमिक विद्यालयमा एक व्यक्तीले जथाभावी गोली चलाउँदा ६ जनाको ज्यान गएको छ ।

विद्यालय समयमै टेनेसी राज्यको नासभिल सहरको एक प्राथमिक विद्यालयमा गोली चलेको हो ।  गोली लागेर ९ वर्षका ३ जना बालबालिका र ६० वर्षमाथिका ३ जनाको ज्यान गएको छ ।

गोली चलाउने २८ वर्षका व्यक्ती पनि प्रहरीको कारबाहीमा मारिएका बीबीसीले जनाएको  छ । ११ वर्षसम्मका बालबालिका अध्ययन गर्ने निजी विद्यालयमा झण्डै दुई सय विद्यार्थी थिए । गोली चलाउने महिला त्यही विद्यालयकी पूर्व विद्यार्थी रहेकी समेत प्रहरीले जनाएको छ ।

यो वर्ष मात्रै अमेरिकामा १ सय ९२ वटा गोली काण्ड भएका छन् । अमेरिकाको बढ्दो बन्दुक हिंसालाई रोक्नको लागि राष्ट्रपति जो बाइडेनले । गत वर्ष एउटा ऐतिहासिक बन्दुक नियन्त्रण कानून पारित गरेका थिए । यसले हतियार खरिदमा कडाइ र राज्यहरूलाई खतरा मानिने मानिसहरूबाट बन्दुक हटाउन प्रोत्साहित गरेको थियो ।

तर अमेरिकी सर्वोच्च अदालतले एउटा निर्णय सुनायो जसले राज्यहरूलाई बन्दुक प्रतिबन्धहरू पारित गर्न गाह्रो बनाएको छ ।  वर्षौंदेखि सांसदहरूले अमेरिकामा बन्दुक हिंसालाई रोक्न प्रयासमा जाँचहरू बढाउने र कडा कानूनहरू पारित गर्ने बताइरहेका छन् । तर सफल भएका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved