घामले कालो भएका हातखुट्टा चम्काउने तरिका

नेपालभ्युज

घामले कालो भएका हातखुट्टा चम्काउने तरिका

एजेन्सी । घामको कारणले हात तथा खुट्टामा कालोपन आउने गर्दछ । जसलाई हटाउने केही टिप्स यहाँ छन् । यस्ता टिप्स नियमित अपनाउनु भयो भने तपाईंको हातखुट्टामा केही दिनमै निखार आउन थाल्नेछ ।

विशेषज्ञका अनुसार यदि तपाईंको शरीरमा ट्यानिंग हुन्छ वा घामले कालो भएको छ भने प्राकृतिक रुपले निको हुन यसलाई २ देखि ३ महिना लाग्छ । तर यसलाई घरेलु तरिकाले पनि ध्यान दिन सकिन्छ ।

घरभित्र वा बाहिर आफ्नो अनुहार, हात र खुट्टामा दिउँसोको समयमा जहिले पनि सनस्क्रीन क्रिमको प्रयोग गर्नु उत्तम हुन्छ । यस्तै घाममा हिँड्नुभन्दा आधा घण्टा अगाडि पनि सनस्क्रीन लगाउन आवस्यक छ ।

रातको समयमा सुत्नुअघि सफासँग हातखुट्टा धोएर क्रिम लगाउनुहोस् । यसका लागि छालामा चमक ल्याउने खालको क्रिम प्रयोग गर्नुपर्ने हुन्छ ।

दही बेसन तथा मह

दही, बेसन तथा महको प्याक बनाएर हात तथा खुट्टामा लगाउनुहोस् । दहीले प्राकृतिक रुपमा घामले जलेको छालालाई चम्काउने काम गर्छ । त्यहीँ बेसनले राम्रो एक्सफोलियटरको काम गर्छ । त्यसैले यो एउटा राम्रो बडी स्क्रब पनि हो ।

स्क्रब गर्ने

तपाईं कागती र चिनीलाई मिसाएर हातखुट्टामा स्क्रब गर्न सक्नुहुन्छ । ट्यानबाट छुट्कारा पाउनका लागि हरेक दोस्रो दिन यो स्क्रबलाई प्रयोग गर्न सक्नुहुन्छ । चिनीले राम्रो एक्सफोलियनको काम गर्छ र छालाबाट मरेका कोषिकालाई निकालेर फाल्ने काम गर्छ ।

भिटामिन सी सप्लीमेन्ट लिने

भिटामिन सीले मरेको छालालाई ठिक गर्ने काम गर्छ । यसले धेरै मात्रामा चाउरीपनाको समस्यालाई रोक्ने काम पनि गर्दछ । पर्याप्त मात्रामा भिटामिन सीको सेवनले सुख्खा छालालाई राम्रो र चम्किलो बनाउने काम गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved