मधुमेह भएकालाई पनि फाइदाजनक फल

नेपालभ्युज

मधुमेह भएकालाई पनि फाइदाजनक फल

एजेन्सी । अहिलेको खराब जीवनशैली तथा खानपानको कारणले धेरै व्यक्तिहरुलाई मधुमेहको समस्या देखिन थालेको छ । यस्तो अवस्थामा खानपिनमा एकदमै ध्यान दिनुपर्ने हुन्छ । आउनुहोस् जानौं कस्ता फलहरु मधुमेहका लागि एकदमै हितकारी हुन्छन् ।

जामुन

मधुमेहका रोगीहरुका लागि जामुन एकदमै फाइदाजनक हुन्छ । यसमा पाइने फाइबर तथा एन्टीअक्सीडेन्टले रगतमा चिनीको मात्रालाई सन्तुलित गर्ने काम गर्छ ।

आरु

गर्मीमा पाइने आरु फल पनि एकदमै राम्रो हुन्छ । मधुमेहलाई टाढा राख्नका लागि तपाईं नियमित आरुको सेवन गर्न सक्नुहुन्छ ।

एवोकाडो

मधुमेहको समस्याले ग्रस्त व्यक्तिका लागि एवोकाडोको सेवन एकदमै फाइदाजनक हुन्छ । यसलाई तपाईं ढुक्क सँग आफ्नो खानपानमा समावेश गर्न सक्नुहुन्छ ।

किवी

स्वास्थ्यका लागि यो फललाई एकदमै राम्रो मानिएको छ । यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ साथै रगतमा चिनीको मात्रालाई पनि सन्तुलित गर्दछ ।

कागती

यो एउटा सुगर फ्री फल हो । यो मधुमेहका विरामीहरुका लागि एकदमै फाइदाजनक हुन्छ । यसलाई तपाईं खानपानमा समावेश गर्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved