सुख्खा तथा रुखो कपाललाई सिल्की बनाउने घरेलु उपाय

नेपालभ्युज

सुख्खा तथा रुखो कपाललाई सिल्की बनाउने घरेलु उपाय

एजेन्सी । अहिलेको समयमा जसले पनि सिल्की तथा मुलायम कपाल चाहन्छ । तर खराब जीवनशैली, तनाव, पोषक तत्वको कमी तथा गलत सामग्रीहरुको प्रयोगले कपाल एकदमै रुखो तथा सुख्खा हुने समस्या आउँछ । यस्तोमा कपालले अनुहारको समेत सुन्दरता घटाउँछ । कतिपय व्यक्ति सुख्खा तथा रुखो कपाललाई राम्रो बनाउन कैयौं तरिकाहरु अपनाउन थाल्छन् ।

यदी तपाईं पनि यस्तै कपालको समस्याबाट ग्रसित हुनुहुन्छ भने हामीले प्राकृतिक रुपमै यसको उपचार लिएर आएका छौं । यस्तो घरेलु तरिका तपाईं सजिलै आफै घरमै बसी बसी प्रयोग गर्न सक्नुहुन्छ । यसले अन्य कुनै नोक्सान पनि गर्दैन साथमा कपाल जरैदेखि बलियो, चम्किलो र मुलायम हुनेछ ।

कपाललाई घामबाट जोगाउनुहोस्

यदी तपाईं लामो समय घाममा बस्नुहुन्छ भने पनि कपालमा नराम्रो असर पर्छ । अनुहारमा त हामी सनस्क्रिन लगाउँछौं तर कपाललाई वास्ता गर्दैनौं जसले गर्दा लामो समयमा घामको सम्पर्कबाट पनि कपाल सुख्खा तथा रुखो हुने समस्या हुन्छ । यसका लागि तपाईं कपालमा कुनै सुतिको रुमाल वा पछ्यौरा बाँध्न सक्नुहुन्छ । साथमा तपाईं टोपी लगाएर पनि कपाललाई घामबाट जोगाउन सक्नुहुन्छ ।

एप्पल साइडर भेनेगर

एप्पल साइडर भेनेगर कपालका लागि एकदमै फाइदाजनक हुन्छ । यसमा पाइने प्रोटिनले कपाललाई सिल्की तथा मुलायम बनाउन सहयोग गर्छ । यसको प्रयोगका लागि एक बाल्टी पानीमा २ बिर्को एप्पल साइडर भेनेगर मिसाउनुहोस् । अब स्याम्पु गरेपछि यही पानीले कपाललाई धुनुहोस् । ५ देखि १० मिनेट यो पानीलाई कपालमा रहन दिनुहोस् त्यसपछि सादा पानीले कपाल पखाल्नुहोस् । यसले कपाललाई मुलायम बनाउँछ ।

एलोवेरा र दहीको हेयर मास्क

एलोवेरा शरीर, छालासँगै कपालका लागि पनि एकदमै फाइदाजनक हुन्छ । कपाललाई सिल्की बनाउन एलोवेरा र दहीको हेयर मास्क प्रयोग गर्न सकिन्छ । यो मास्कले कपाललाई पोषण दिने काम गर्छ । यसलाई प्रयोग गर्नका लागि एक चम्चा एलोवेरा जेल, एक चम्चा दही र एक चम्चा महको मिश्रण तयार गर्नुहोस् । अब यो मिश्रणलाई कपाल तथा टाउकोमा लगाएर ५ मिनेट मसाज गर्नुहोस् । १० मिनेट उक्त मास्क त्यत्तिकै रहन दिनुहोस् । त्यसपछि स्याम्पुको मद्दतले सफा पानीले कपाल धुनुहोस् । यसले कपाललाई सुख्खा हुनबाट बचाउँछ ।

मनतातो तेलले मसाज

सुख्खा तथा रुखो कपाललाई सिल्की बनाउनका लागि कपाललाई मनतातो तेलले मसाज गर्न पनि जरुरी हुन्छ । किनकी तेलमा पाइने भिटामिन ई र एन्टीअक्सीडेन्ट तत्वले कपाललाई पोषण दिने काम गर्छ । कपाल मसाज गर्नका लागि नरिवल, बदाम आदिको तेलको प्रयोग गर्न सकिन्छ ।

कपाललाई बाफ दिने

जसरी छालाको स्वास्थ्यको लागि हामीले बाफ लिने गर्छौं त्यसरी कपाललाई पनि बाफ दिनु आवश्यक छ । बाफ लिनाले कपाल स्वस्थ रहन्छ त्यस्तै यसमा चायाँ आदिको समस्या पनि हुँदैन । बाफले कपाललाई मुलायम बनाउँछ र सुख्खापन टाढा भगाउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved