विराट गोल्डकप : विराटनगर सिटी फाइनलमा प्रवेश

नेपालभ्युज

विराट गोल्डकप : विराटनगर सिटी फाइनलमा प्रवेश

काठमाडौं । सातौँ संस्करणको विराट गोल्डकपमा घरेलु टिम विराटनगर सिटी फाइनलमा प्रवेश गरेको छ ।

सहिद रङ्गशालामा सोमबार साँझ भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २–१ गोलले हराउँदै विराटनगर सिटी घरेलुु मैदानमा उपाधि नजिक पुगेको हो । जितको लागि विराटनगरका स्टेफन ब्याङगनल र अभिषेक गुरूङले गोल गरी टिमको जित सुनिश्चित गरेका छन् । जावलाखेलको तर्फबाट हिसुब थपलियाले सान्त्वना गोल फर्काए ।

खेलमा विराटनगरले सङ्घर्षपूर्ण जित हासिल गरेको हो । प्रतिस्पर्धात्मक तथा रोचक खेलमा घरेलु दर्शकको साथ पाएको विराटनगरले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो । जावलाखेलको फिनिसिङ पक्ष कमजोर रहँदा बारम्बार पाएको गोल गर्ने अवसर खेर फालेको थियो । दोस्रो हाफपछि विराटनगरले अग्रता लिएपछि जावलाखेललाई दबाब परेको थियो ।

जितपछि विराटनगरका प्रशिक्षक सन्तोष न्यौपानेले खेलाडीको मेहनतको कारणले जित हासिल गरेको बताए । उनले पहिलो हाफसम्म खेलाडीले पाएको सुन्दर अवसर खेर फाल्दा जित निकाल्न दोस्रो हाफ कुर्नुपरेको उल्लेख गरे । जावलाखेलको प्रशिक्षक सुनिलकुमार श्रेष्ठले पटकपटक पाएको अवसर खेर फाल्दा हार भएको बताए ।

खेलको म्यान अफ म्याच विराटनगर सिटीका स्टेफन ब्याङगनल घोषित भए । उनले नगद  ११ हजार पाए । मंगलबार हुने अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लब र साविक विजेता विभागीय टिम एपीएफबीच हुने प्रतियोगिताका व्यवस्थापक सरोज लम्सालले बताए ।

चैत १६ गतेसम्म सञ्चालन हुने गोल्डकपमा नेपाल, भारत र भुटानका गरी आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता हुने टिमले  २० लाख १५ हजार तथा उपविजेताले   १० लाख २५ हजार पुरस्कार पाउने प्रतियोगिताका सहसंयोजक सुवाशिष कोइरालाले जानकारी दिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved