सवारी अनुमतिपत्र अब ३ दिनमा दिन्छौं : मन्त्री श्रेष्ठ

नेपालभ्युज

सवारी अनुमतिपत्र अब ३ दिनमा दिन्छौं : मन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी अनुमति पत्र (लाइसेन्स) को पर्खाइमा बसेका सवारी चालकले ३ दिनमा पाउने बताएका छन् ।

मन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेको तीन महिना तीन दिनमा आफूले गरेका काम सार्वजनिक गर्दै अबको ८ महिनापछि सवारी चालकले सहजरूपमा ट्रायल दिएको तीन दिनमा लाइसेन्स पाउने बताए ।

हरेक दिन दैनिक ६ हजारको सङ्ख्यामा लाइसेन्स प्रिन्ट भएर वितरण गरिए पनि पछिल्लो लोडका कारण वितरण प्रभावकारी नभएको बताउँदै उनले मेसिन खरिदका लागि सूचना प्रकाशित भइसकेको र अब टेन्डरमा गएपछि खरिद प्रक्रियालाई अगाडि बढाइने जानकारी दिए ।

अहिले लाइसेन्स पाउन सेवाग्राहीले महिनौं कुर्नुपर्ने बाध्यता छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved