१२ दिन हिँडेर आएका मिटरब्याज पीडितलाई महानगरले छिर्न दिएन खुलामञ्चमा

मिटरब्याज पीडितलाई खुलामञ्चमा छिर्न काठमाडौं महानगरले नदिएपछि दुईपक्षबीच विवाद भएको छ। महानगरपालिकाले गेटमा ताला लगाएपछि पीडित र नगरप्रहरीबीच घम्साघम्सी भएको छ। उनीहरू १२ दिन हिँडेर खुलामञ्च आएका हुन्।

नेपालभ्युज

१२ दिन हिँडेर आएका मिटरब्याज पीडितलाई महानगरले छिर्न दिएन खुलामञ्चमा

काठमाडौं। मिटरब्याज पीडितलाई खुलामञ्चमा छिर्न काठमाडौं महानगरपालिकाले नदिएपछि दुई पक्षबीच विवाद भएको छ। महानगरपालिकाले गेटमा ताला लगाएपछि पीडित र नगरप्रहरीबीच घम्साघम्सी भएको छ। उनीहरू १२ दिन हिँडेर खुलामञ्च आएका हुन्।

महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौंको मातातीर्थ मन्दिर परिसरमा आई बास बसेका मिटर ब्याज पीडितहरू खुलामञ्चमा आउने तयारी गरेको थाहा पाएपछि नगर प्रहरीसहितको महानगरको टोलीले खुलामञ्चको गेटमा ताला लगाएको हो।

अहिले महानगरले खुल्ला मञ्चको प्रवेशद्वार बन्द गराएर नगर प्रहरी तैनाथ गरेको छ। तर, सरकारले भने पीडितलाई राख्न खुलामञ्च नै उपलब्ध गराएको पीडित पक्षको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved