प्रमाणपत्र नवीकरण नगर्दा वायुसेवा निगमको जहाज भोलिदेखि मलेसिया उड्न नपाउने

नागरिक उड्डयन कार्यालयको लापरबाहीको कारण नेपाल वायुसेवा निगमले मलेसियामा गराउँदै आएको नियमित उडान भोलि मंगलबारदेखि गर्न नपाउने भएको छ।

नेपालभ्युज

प्रमाणपत्र नवीकरण नगर्दा वायुसेवा निगमको जहाज भोलिदेखि मलेसिया उड्न नपाउने

काठमाडौं। नागरिक उड्डयन कार्यालयको लापरबाहीको कारण नेपाल वायुसेवा निगमले मलेसियामा गराउँदै आएको नियमित उडान भोलि मंगलबारदेखि गर्न नपाउने भएको छ।

फरेन एयर अपरेटर सर्टिफिकेट (एफएओसी) नवीकरण नगरेका कारण उडान गर्न नपाउने भएको एक अधिकारीले बताए।

निर्धारित समयमै नवीकरण नगरेका कारण उडान भर्न नदिने अवस्था आएको एक उच्च अधिकारीले बताए । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई धेरै लामो समयदेखि एफओसी प्रमाणपत्र नवीकरण गर्न इमेलमार्फत पत्राचार गरिएको थियो।

तर, निगमले गत बुधवार मात्रै फरेन एयर अपरेटर सर्टिफिकेट (एफएओसी) नवीकरणको प्रक्रिया थालेको र प्रक्रिया सकिन केही साता लाग्ने बताइएको छ। मलेसियाले नवीकरण गरिदिएपछि मात्रै नियमित उडान गर्ने ती अधिकारीले बताए।

मलेसियासँग नेपालले सातामा २८ वटा उडान गर्न पाउने हवाई सम्झौता छ। त्यो मध्य निगमले सातामा ५ उडान गर्दै आइरहेको छ। तर, सोमबारपछि उडान गर्न नपाउने भएको हो। निजी कम्पनीका जहाजको उडान भने नियमित हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved