नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबारमा पनि सुधार

नेपालभ्युज

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबारमा पनि सुधार

काठमाडौं। सोमबार अन्तिम समयमा नेप्सेमा दोहोरो अंकले वृद्धि भएको छ । आज बजार परिसूचक नेप्से १७.७० अंकले वृद्धि हुँदा १९०६ अंकमा बन्द भएको छ ।

उत्पादनमूलक उपसूचकमा २.३५ प्रतिशतले वृद्धि हुँदा जीवन बिमा, वित्त कम्पनी र विकास बैंक उपसूचक पनि २ प्रतिशतभन्दा माथिले वृद्धि भएका छन् । लघुवित्त उपसूचकमा भन् ०.५१ प्रतिशतले गिरावट आएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि सुधार भएको छ । सोमबार नेप्सेमा ३६ हजार ९८० वटा कारोबारमा ४३ लाख ८ हजार ६४५ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ३८ करोड २८ लाखको कारोबार भएके छ ।

सोमबार ४४ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ४ कम्पनीको स्थिर रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved