सहकारी समस्यामा, बचत फिर्ता माग्न आउनेको घुइँचो

नेपालभ्युज

सहकारी समस्यामा, बचत फिर्ता माग्न आउनेको घुइँचो

काठमाडौं। बजारमा केही सहकारी बन्द भएपछि चलिरहेका सहकारी पनि समस्यामा पर्न थालेका छन् । केही सहकारी बन्द हुन थालेपछि चलिरहेका अन्य सहकारीमा पनि बचत फिर्ता माग्न आउनेको घुइँचो लाग्न थालेको छ ।

पछिल्लो समय केही सहकारी बन्द हुने अवस्थामा पुगेपछि आफ्नो सहकारीप्रति पनि सेयर सदस्यले आशङ्का गर्न थालेका तुलसीपुर–६ स्थित राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ईन्द्रबहादुर बुढाथोकीले बताए ।

उनका अनुसार सरकारीले सदस्यको बचतबाहेक पनि रु. ६४ लाख ५७ हजार नाफा गरेको छ । “पछिल्लो समय सहकारीप्रति देखिएको समस्याले हाम्रा सहकारीमा पनि केही आशङ्का हुनु स्वfभाविकै हो, तर चलिरहेका राम्रा सहकारीमा कुनै समस्या छैन”, अध्यक्ष बुढाथोकीले भने ।

ठूला ऋणीहरूले पैसा तिर्नुपर्दैन भनेर हावा फैलाएको भन्दै त्यसको पछि नलाग्न उहाँले सबैमा अनुरोध गरे।

विसं २०५४ चैत ८ गते स्थापित उक्त सहकारीको बैंक मौज्दात रू तीन करोड २४ लाख छ, भने २१ करोड ६७ लाख ऋण लगानी भएको छ भने जम्मा रू २५ करोड ८५ लाख ७९ हजार छ ।

सहकारीले आठ सय १० जनालाई ऋण लगानी गरेको सहकारीका उपाध्यक्ष रञ्जनकुमार गौतमले बताए । सहकारीमार्फत विभिन्न सात उद्देश्यमा ऋण प्रवाह गर्ने गरिएको उहाँको भनाइ छ ।

सुरुमा ४१ जनाले सञ्चालन गरेको उक्त सहकारीमा हाल तीन हजार दुई सय ९८ शेयर सदस्य छन् । यसको दाङको तुलसीपुर उपमहानगरपालिकासहित दङ्गीशरण, बबई, शान्तिनगरलगायत कार्यक्षेत्र छ । बबईको हङ्सपुर र शान्तिनगरको रगैजामा सहकारीको सेवा केन्द्र छन् ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved