कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

नेपालभ्युज

कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं। कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ। आफूलाई ‘ह्न्यासी ब्रो’ को नामले चिनाउँदै टिकटक लाइभमा आउने गरेका रिदम क्षेत्रीले गायक दुर्गेश थापाविरुद्ध महाराजगन्ज प्रहरी चौकीमा उजुरी दिएका हुन्।

दुर्गेश र रिदमबीच तीन दिनअघि एउटा पिकनिकका क्रममा झडप भएको थियो। म्युजिक भिडिओ खेल्ने कलाकारहरू टोखाको भूतखेलमा शनिबार पिकनिक गएका थिए।

त्यसमा रिदम पनि पुगेका थिए। त्यहाँ दुर्गेश र रिदमबीच झडप भएको हो। दुर्गेशले टिकटकमा आफूविरुद्ध जथाभाबी बोलेको भन्दै थर्काएको र त्यही क्रममा आफूलाई हातपातसमेत गरेको रिदमको आरोप छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved