भोजपुरी अभिनेत्री आकांक्षा दुबेको शङ्कास्पद मृत्यु, हत्या गरिएको आशंका 

नेपालभ्युज

भोजपुरी अभिनेत्री आकांक्षा दुबेको शङ्कास्पद मृत्यु, हत्या गरिएको आशंका 

काठमाडौं। भोजपुरी चलचित्रकी अभिनेत्री तथा मोडल आकांक्षा दुबेको शङ्कास्पद मृत्यु भएको छ । आत्महत्या प्रकरणमा आज वाराणसी पुगेकी उनकी आमा मधु दुवेले भोजपुरी गायक समर सिंह र उनका भाइ सञ्जय सिंहमाथि हत्याको आरोप लगाएकी छन् ।

हिजो वाराणसीको सारनाथ थाना क्षेत्रमा रहेको एक होटलको कोठामा भोजपुरी चलचित्र अभिनेत्री आकांक्षा दुबेको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । आकांक्षा भदोही जिल्लाको चौरी थाना क्षेत्र अन्तर्गत पर्सीपुरकी थिइन् ।

आकांक्षाले आत्महत्या गरेको खबर आएपछि उनकी काकीले उनले आत्महत्या गर्न नसक्ने बताएकी थिइन् ।

आईपीएस अफिसर बनाउने आमाबाबुको इच्छा लत्याएर आकांक्षा नृत्य र अभिनयमा लागेकी आकांक्षाले भोजपुरी सिनेमामा पाइला राखेकी थिइन् । उनले निर्देशक आशी तिवारीसँग केही फिल्ममा काम गरेको तर, धेरै पटक अस्वीकारको सामना गर्नुपरेको थियो।

सन् २०१८ मा  डिप्रेसनमा गएपछि आकांक्षा फिल्मी पर्दाबाट टाढा रहेकी थिइन् ।  नयाँ कलाकारलाई नयाँजस्तो व्यवहार नगर्ने उनको भनाइ थियो ।

आकांक्षाले ‘वीरों के वीर’ र ‘कसम पैदा करने वाले की २’ नामक फिल्ममा काम गरेकीछन् न् । फिल्मका अलावा उनले धेरै राम्रा गीतको म्युजिक भिडियोमा पनि काम गरेकी छिन् । २०२१ मा आएको अभिनेत्रीको गीत ‘तुम जवान हम लाइका’ ब्लकबस्टर हिट साबित भयो । उनले खेसरीलाल यादवसँग ‘नाच के मालकिनी’ भिडियोमा पनि काम गरेकी थिइन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved