सुनको मूल्य घट्यो

नेपालभ्युज

सुनको मूल्य घट्यो

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य १ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार आइतबार १ लाख ९ हजार २ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले घट्दै १ लाख ९ हजार रुपैयाँमा झरेको हो।

यस्तै, आज तेजाबी सुनको मूल्यसमेत तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved