रातमा दाँत सफा गरेर सुत्नुको फाइदा

नेपालभ्युज

रातमा दाँत सफा गरेर सुत्नुको फाइदा

एजेन्सी । रातको समयमा दाँत सफा गरेर सुत्दा स्वास्थ्य सम्बन्धी धेरै फाइदा हुन्छन् । दाँतसँग मुटुको के सम्बन्ध छ भन्नुहोला तर रातमा दाँत सफा गरेर सुत्दा मुटुसँग जोडिएका समस्या पनि कम हुन सक्छ ।

आउनुहोस् जानौं रातमा दाँत सफा गरेर सुत्नुका फाइदा बारे –

  • मुखको राम्रोसँग सरसफाई भयो भने मुटु पनि सधैं स्वस्थ रहन्छ । टार्टर तथा प्लेक जो दाँतमा जम्मा भएका हुन्छन् यी रगतको माध्यमबाट नसामा पुग्छन् जसले रगतमा क्लट्स बनाउँन थाल्छ । जसकारण मुटुसम्बन्धी रोग लाग्ने खतरा हुन्छ ।
  • रातको समयमा मुखमा रहेका खाद्य पदार्थ सड्न थाल्छन् । जसले गर्दा मुखमा एसिड बढ्छ र घाउ बन्छ साथै यसले अल्सरको समस्या समेत नित्याउन सक्छ । दिनहुँ बिहान र बेलुका सुत्नुअघि ब्रस गरेमा यस्तो समस्याबाट बच्न सकिन्छ ।
  • रातमा दाँत सफा नगरिकन सुत्दाखेरी मुख तथा दाँतमा टाँसिएर बसेका खाद्य पदार्थ रातभर कुहिन्छन् जसले गर्दा बिहान मुखबाट नराम्रो गन्ध आउने हुन्छ । यस्तो गन्ध दिनभर पनि रहिरहन सक्छ त्यसैले सधैं रातमा सुत्नुअघि ब्रस गर्नुहोस् ।
  • रातमा सुत्नुअघि ब्रस गर्ने बानीले दाँत तथा जरामा हुने समस्या समाधान हुन्छ । अथवा भनौं दाँतमा कुनै समस्या आउँदैन ।
  • क्याविटीको समस्याले ग्रस्त हुनुहुन्छ भने नियमित रातमा सुत्नुअघि दाँत सफा गर्ने गर्नुहोस् । ब्रस नगर्दा रातभर दाँतमा किटाणु फैलिन्छन् जसले गर्दा क्याविटीको समस्या हुन सक्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved