मण्डलामा ‘यौटा सपनाको अवसान’

नेपालभ्युज

मण्डलामा ‘यौटा सपनाको अवसान’

काठमाडौं । रङ्गकर्मी अनुप बरालको निर्देशनमा तयार भएको नाटक ‘यौटा सपनाको अवसान’ मण्डला नाटकघरमा गत शुक्रबारदेखि मञ्चन सुरु गरिएको छ । सन् १९४९ मा अमेरिकामा पहिलोपल्ट मञ्चन भएको अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’लाई निर्देशक बरालले समसामयिक बनाएर प्रस्तुत गरेका हुन् ।

‘हामीले सपनाको मूल्य चुकाउन बाध्य चरित्रलाई जीवन्त बनाएका छौँ । यो नाटक २५ वर्षअघि नयाँ दिल्लीको नेसनल स्कुल अफ ड्रामा (एनएसडी)मा विद्यार्थी हुँदा पढेको थिए । त्यसैले यसलाई मञ्चमा प्रस्तुत गरेको हुँ’, निर्देशक बरालले भने, ‘यसमा मध्यमवर्गीय परिवारको सकस छ । मेरो रुचि र नाटकको कथा मिलेपछि एनएसडीबाट फर्कने बित्तिकै यसको मञ्चन गर्न चाहेको थिए । यद्यपि त्यो समयमा नाटक बनाउन सकेनौँ ।’

यसको लागत खर्चिलो हुँदा मञ्चन गरिहाल्ने हिम्मत जुटाउन नसकेको जानकारी निर्देशक बरालले दिए। नयाँ नाटक गर्ने छलफलमा गोविन प्रोडक्सनका प्रबन्ध निर्देशक गोविन्द पराजुलीले निर्माणको अभिभारा लिएपछि नाटक मञ्चन भएको हो । नाटकमा रोयदिभ श्रेष्ठ, शेखर चापागाइँ, दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, विकास जोशी, उत्पल झा आदि कलाकारले अभिनय गरेका छन् ।

निर्देशक बरालले चार वर्षअघि गरिब र निमुखाको लासमाथि राजनीति गरेर ‘भोज’ गर्ने कुत्सित राजनीतिज्ञको कथा प्रस्तुत गर्ने ‘महाभोज’को निर्देशन गरेका थिए । ‘यौटा सपनाको अवसान’ मण्डला थिएटरको मञ्चमा एक महिनासम्म मञ्चन हुनेछ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved