भुटानी शरणार्थी बनाएर अमेरिका लान्छु भन्दै ठग्ने पक्राउ

पक्राउ परेका केशव दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला उनका सहयोगी थिए।

नेपालभ्युज

भुटानी शरणार्थी बनाएर अमेरिका लान्छु भन्दै ठग्ने पक्राउ

काठमाडौं। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने आश्वासनमा  ठगी गर्दै आएका एक जना पक्राउ परेका छन्।

भन्दै ५ वर्षयता त्यस्तो काम गर्दै आएका गिरोहका नाइके आइतबार पक्राउ परेका हुन्। पक्राउ परेका व्यक्ति मोरङका केशव दुलाल हुन्।

‘भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समस्याका समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदन’मा उनले नक्कली अनुसूची थपेर नेपालीको नाम राखेका थिए।

उनीहरूबाट १० देखि ४० लाख रुपैयाँसम्म उठाएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार पछिल्लो पाँच वर्षमा ५ अर्ब ठगी गरेको अनुमान छ। पक्राउ परेका केशव दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला उनका सहयोगी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved