न्यूयोर्कमा मनाइयो विश्व नेवाः दिवस

नेपालभ्युज

न्यूयोर्कमा मनाइयो विश्व नेवाः दिवस

न्यूयोर्क । नेवाः गुठी न्यूयोर्कले छैठौ विश्व नेवाः दिवस मनाएको छ । न्यूयोर्कको ज्याक्सन हाईट्समा शनिबार आयोजना गरिएको कार्यक्रममा गुठीले प्रकाशन गरेको पहिलो स्मारिकासमेत विमोचन गरियो ।

गुठीका अध्यक्ष विजयमान सिं को अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कार्यवाहक महावाणिज्य दुत विष्णुप्रसाद गौतम, न्यूयोर्क राज्यका सिनेटर जेसिका रामोस, एसेम्व्ली मेम्बर स्टेभन रागा लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा नेवाः संस्कृति झल्किने विविध सांस्कृतिक कार्यक्रम पनि देखाइएको थियो । गुठीका संस्थापक अध्यक्ष आदित्य महर्जन, पूर्व अध्यक्ष समिर महर्जन, पर्यटन दुत केशवराम राई, कविना महर्जन सिंह, सम्राट सिंह, राजेन्द्र महर्जन लगायतले नेवा: दिवसबारे चर्चा गरेका थिए ।

न्यूयोर्कमा गठन भएको नेवाः युथ कार्यक्रमका श्रेया तुलाधर र समिया महर्जनले नेवाः संस्कृति, भाषा र परम्परा जोगाउन सुरु गरिएको अभियानबारे प्रष्ट पारेका थिए । १५ देखि ३० वर्ष उमेर समुहका नेवाः युवा समेटेर बनाईएको यो अभियानमा सहभागी हुन आव्हान समेत गरिएको छ ।

कार्यक्रममा नेवाः संस्कृति, परम्परा र भाषाको क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved