आइतबार २६ अंकले घट्यो नेप्से, १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ कारोबार

नेपालभ्युज

आइतबार २६ अंकले घट्यो नेप्से, १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ कारोबार

काठमाडौं। आइतबार सेयर बजार परिसूचक नेप्से २६ .८७ अंकले घटेको छ । केही दिनदेखि लगातार घटेको नेप्से सूचक आइतबार १८ सय ८८.२७ अंकको विन्दुमा झरेको हो ।

आइतबार बजारमा १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको ३७ लाख ५४ हजार कित्ता सेयर कारोबार भएको छ ।आज १३ वटै उपसूचक ऋणात्मक भएका छन् ।

आज माया खोला हाइड्रोपावर कम्पनी र एसियन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य क्रमशः ९.९९ प्रतिशतले र ९.९८ प्रतिशतले बढेको छ भने आज जीवन विकास लघुवित्त वित्तीय संस्था, जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था र युनिक्यु नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १०–१० प्रतिशतले घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved