लुम्बिनी प्रदेश : चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई पत्र

नेपाली कांग्रेस, लुम्बिनी प्रदेशका संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न कांग्रेससहित अन्य दलका ५३ जना सांसदहरूले हस्ताक्षर सङ्कलन गरी प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएका छन् । 

नेपालभ्युज

लुम्बिनी प्रदेश : चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई पत्र

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्न डिल्लीबहादुर चौधरीले दाबी पेश गरेका छन् ।

नेपाली कांग्रेस, लुम्बिनी प्रदेशका संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न कांग्रेससहित अन्य दलका ५३ जना सांसदहरूले हस्ताक्षर सङ्कलन गरी प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएका छन् ।

८७ सदस्यीय प्रदेश सभामा सरकार निर्माणका लागि ४४ सांसदहरूको समर्थन चाहिन्छ । यसरी हेर्दा चौधरीको पक्षमा ‘इजी मेजरिटी’ छ ।

चौधरीको पक्षमा हस्ताक्षर गर्ने दलहरूमा कांग्रेसहित, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी, जनमत, जनता समाजवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद खडक बस्नेत छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved