लुम्बिनी प्रदेश : मुख्यमन्त्री बन्दै चौधरी, ५३ सांसदहरूले जनाए समर्थन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी बन्ने पक्का भएको छ ।

नेपालभ्युज

लुम्बिनी प्रदेश : मुख्यमन्त्री बन्दै चौधरी, ५३ सांसदहरूले जनाए समर्थन

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्री डिल्लीबहादुर चौधरी बन्ने पक्का भएको छ ।

दाङ ३ को १ बाट निर्वाचित चौधरीलाई मुख्यमन्त्री बनाउन प्रदेश सभाका ५३ जना सांसदहरूले हस्ताक्षर सङ्कलन गरेको कांग्रेस सांसद वसीउद्दीन खाँले बताए । ‘५३ जना सांसदहरूको समर्थन जुटेको छ । हामी सरकारको दाबी पेशको प्रक्रियामा छौँ,’ खाँले भने ।

अहिले मुख्यमन्त्रीका रूपमा नेकपा (एमाले) का नेता लीला गिरि छन् । तर, उनले नेकपा (माओवादी केन्द्र) समर्थन फिर्ता लिएसँगै बहुमत गुमाइसकेका छन् ।

यसअघि सरकारमा सहभागी भएका माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा बुझाइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved