प्रचण्डको पहिलो निर्णय राहदानी विभागमा कार्यान्वयन: छैन पहिले जस्तो लाइन (फोटोहरू)

पहिलोभन्दा धेरै छोटो लाइन, काम पनि फटाफट

लाइन लाग्नेलाई त चरम सास्ती हुन्थ्यो नै, त्यो दृश्य देख्नेहरू समेत आक्रोशित हुन्थे। अहिले भने त्रिपुरेश्वरको बाटो हिँड्ने र त्यहाँ सेवा लिन पुग्नेहरूलाई अनौठो लाग्छ। किनकि थामिनसक्नुको भीड अहिले धेरै कम भएको छ। काम पनि फटाफट चलिरहेको छ।

प्रचण्डको पहिलो निर्णय राहदानी विभागमा कार्यान्वयन: छैन पहिले जस्तो लाइन (फोटोहरू)

काठमाडौं। पहिला राहदानी विभागमा पासपोर्ट लिन आउने सेवाग्राहीको मेला नै लाग्थ्यो। विभागको भवनदेखि त्रिपुरेश्वर चोकसम्म नै दोहोरो लाइन बसेर सेवाग्राहीहरूले राहदानी लिइरहेको देखिन्थ्यो।

छिटो पालो पाउनका लागि बिहानै झिसमिसेमा त्रिपुरेश्वर पुग्नु सेवाग्राहीको बाध्यता हुन्थ्यो। लाइन लाग्नेलाई त चरम सास्ती हुन्थ्यो नै, त्यो बाटो भएर हिँड्नेहरू समेत राहदानीको अव्यवस्थित व्यवस्थापनको त्यो दृश्य देख्दा आक्रोशित हुन्थे।

अहिले भने त्रिपुरेश्वरको बाटो हिँड्ने र त्यहाँ सेवा लिन पुग्नेहरूलाई अनौठो लाग्छ।  किनकि राहदानी बनाउन आउनको थामिनसक्नुको भीड अहिले धेरै कम भएको छ।

पहिला राहदानी लिन लाइन लाग्नेको भीड अत्यधिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अध्ययन टोली नै गठन गरेर समाधानको प्रयास गरेको थियो।

टोलीले नियमित प्रक्रियाबाट पासपोर्ट लिन खोज्नेहरूका लागि सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमै फर्म भर्ने व्यवस्था गर्न सुझाव दिएको थियो।

११ पुसमा पदभार ग्रहण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राहदानी लिन घण्टौँ लाइन लाग्नुपर्ने बाध्यता हटाउने निर्णय गरेका थिए। विभागको पछिल्लो अवस्था हेर्दा प्रधानमन्त्री प्रचण्डको निर्णय कार्यान्वयन भइरहेको देखिन्छ।

 


Comment

One thought on “प्रचण्डको पहिलो निर्णय राहदानी विभागमा कार्यान्वयन: छैन पहिले जस्तो लाइन (फोटोहरू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved