पैदलयात्रामा रहेकी मिटरब्याजपीडित महिला बेहोश

नेपालभ्युज

पैदलयात्रामा रहेकी मिटरब्याजपीडित महिला बेहोश
फाइल फोटो ।

काठमाडौं । पैदलयात्रामा रहेकी मिटरब्याज पीडित एक महिला बाटोमै बेहोश भएको छन् ।

मिटरब्याजीविरुद्ध प्रधानमन्त्रीलाई आवाज सुनाउन बर्दिबासबाट पैदलयात्रा गर्दै काठमाडौं आउनेक्रममा सिरहा सुखीपुरकी एक महिला बाटोमै बेहोश भएकी हुन् ।

उनी शनिवार मकवानपुरको कुलेखानी आइपुग्दा बेहोश भएकी हुन् । अभियानकर्ता सङ्घर्ष दाहालकाअनुसार बेहोश महिला नजिकैको स्वास्थ्य चौकीमा उपचाररत छिन् ।

स्वास्थ्यकर्मीकाअनुसार उनी उच्च रक्तचापका कारण बेहोश भएकी हुन् । उनी पैदन हिँडेको ११औं दिनमा बेहोश भएकी हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved