अमेरिकामा भीषण आँधी, २६ जनाको ज्यान गयो, अर्बौँका संरचना ध्वस्त

आँधीबेहरीले राज्यभरका समुदायहरूलाई विनाशकारी क्षति पुर्‍याएको छ । सयौँ भवन ध्वस्त भएका छन् भने गाडीलाई आँधीले उडाएर समुन्द्रमा पुर्‍याएको छ ।  

नेपालभ्युज

अमेरिकामा भीषण आँधी, २६ जनाको ज्यान गयो, अर्बौँका संरचना ध्वस्त
तश्वीर:एजेन्सी

एजेन्सी। अमेरिकी राज्य मिसिसिपीमा शक्तिशाली आँधीका कारण २६ जनाको ज्यान गएको छ ।

दर्जनौँ जना घाइते भएका छन् ।  आँधीले धेरै ग्रामीण सहरहरूलाई ध्वस्त पारेको छ । पश्चिमी शार्की काउन्टीको रोलिङ फोर्क लगभग पूर्ण रूपमा नष्ट भएको छ।

आँधीबेहरीले राज्यभरका समुदायहरूलाई विनाशकारी क्षति पुर्‍याएको छ । सयौँ भवन ध्वस्त भएका छन् भने गाडीलाई आँधीले उडाएर समुन्द्रमा पुर्‍याएको छ ।

आँधीले सडक र बिजुली अवरुद्ध हुँदा उद्दार र राहतमा कठिनाइ भएको छ ।  स्थानीय बासिन्दा ब्रान्डी शोहले सीएनएनलाई भनिन् “मैले यस्तो कहिल्यै देखेको थिइनँ… यो सुन्दर र सानो सहर थियो, र अब यो गएको छ।”

मिसिसिपी राज्यका गभर्नर टेट रिभ्सले क्षतिको संकलन र राहतको लागि आपतकालिन अवस्था घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि मिसिसिपीका तस्बिरहरूलाई हृदयविदारक भनेर वर्णन गर्दै संघीय सरकारले सक्दो सहयोग गर्ने वाचा गरेका छन् ।

आइतबार बिहान अलाबामा र जर्जियाका केही भागहरूमा थप आँधी आउने र ठूलो असिना आउने सम्भावना छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved