खाली पेटमा काजु खाँदा हुन्छन् यस्ता बेफाइदा

नेपालभ्युज

खाली पेटमा काजु खाँदा हुन्छन् यस्ता बेफाइदा

एजेन्सी । काजु खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर यसलाई खाने सही समय र तरिका हुन्छ । जसलाई पालना गरियो भने यसका सबै फाइदा शरीरमा पुग्छन् ।

यदी तपाईंले खाली पेट काजु खानुहुन्छ भने स्वास्थ्यलाई फाइदा पनि छन् । जस्तो काजु बिहान खाली पेटमा खाँदा कब्जियतको समस्या हुनेहरुका लागि फाइदाजनक हुन सक्छ । यसले दिसा खुलाउने काम गर्छ साथै पाचन शक्ति सुधार्छ ।

यदी तौल बढी छ भने बिहान ८ वटा काजु खाँदा बढ्दै गरेको तौललाई नियन्त्रण गर्न सकिन्छ । काजु खाँदा पेट भरिएको महसुस हुन्छ जसले गर्दा तपाईं अन्य धेरै खानेकुरा खानबाट बच्न सक्नुहुन्छ ।

तर खालीपेट काजु खाँदा केही बेफाइदा पनि छन् । जसलाई तपाईंले ध्यान दिन जरुरी हुन्छ ।

जानौं ती बेफाइदा बारे :

– बिहान खालीपेट काजु खाँदा उच्च रक्तचाप हुने खतरा हुन्छ ।

– शरीरमा फाइबरको मात्रा बढी भएर ग्यास, पेट फुल्ने जस्ता समस्याहरु देखिन सक्छन् ।

– खाली पेट काजु सेवन गर्दा पोटासियमको उच्च स्तरले मिर्गौलालाई क्षति पुग्न सक्छ ।

– शरीरमा सोडियमको मात्रा बढ्न सक्छ ।

यस्तो अवस्थामा दैनिक ४ वटा काजु खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । काजु मात्र खानु भन्दा पनि अन्य नट्सहरुसँग मिसाएर खाने वा नास्ताको समयमा यसलाई सेवन गर्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved