२२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङलाई

नेपालभ्युज

२२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङलाई

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २२औं संस्करणको उपाधि जितेको छ । बुटवलको  एन्फा टेक्निकल सेन्टरमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ८–७ गोलले पराजित गर्दै मनाङले उपाधि हात पारेको हो ।  मनाङका लागि खेलको ५९ औं मिनेटमा कोफीले गोल गरेका थिए ।

१–१ गोलको बराबरीपछि टाइब्रेकरमा सुदूरपश्चिमलाई ८–७ गोल अन्तरले पराजित गर्दै  च्याम्पियन बनेको मनाङले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता सुदूरपश्चिम–११ ले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ ।

सो प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँसहित एक थान मोटरसाइकल पुरस्कार पाएका छन् । यस्तै  उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजार रुपैयाँ प्रदान गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved