धनुषामा दुई ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

धनुषामा दुई ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

जनकपुरधाम। पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिकामा दुई ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ६ ख ६७७८ नम्बरको ट्रक र प्रदेश १.०–००१ ख ९२९२ नम्बरको ट्रक मिथिला नगरपालिका–३ मा शनिबार बिहान एकआपसमा ठोकिएर दुर्घटना भएको हो ।

ना. ६ ख ६७७८ नम्बरको ट्रक चालक सुनसरी इनरुवा का २८ वर्षीय सागर चौधरी, सह-चालक सुनसरी भरौल ६ का ३० वर्षीय अर्जुन चौधरी र प्रदेश १ ०२–००१ ख ९२९२ का चालक  मोरङ बेलवारी ८ का ४४ वर्षीय लोकमान श्रेष्ठको मृत्यु भएको छ।

सर्लाही बागमती ११ का २० वर्षीय नारायण श्रेष्ठ  घाइते भएका छन् । दुर्घटनामा घाइते श्रेष्ठलाई  उपचारका लागि ढल्केवर हस्पिटल पठाएको प्रहरीले जनाएको छ।

दुर्घटना भएको दुवै ट्रक क्षतिग्रस्त बनेको छ । ट्रकको अगाडिको भाग पूर्णरूपमा क्षति भएको छ । ट्रकमा अन्य यात्रु नरहेको बुझिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved