इन्टेल कम्पनीका सहसंस्थापक मूरको निधन

नेपालभ्युज

इन्टेल कम्पनीका सहसंस्थापक मूरको निधन

काठमाडौं । अमेरिकाको आइटी कम्पनी इन्टेल कर्पोरेशनका सह संस्थापक गार्डन मूरको ९४ वर्षको उमेरमा निधन भएको छ ।

सिलिकन भ्यालीका वरिष्ठ व्यक्तित्व मूरले ५० को दशकबाट सेमीकंडक्टर्सका रुपमा काम सुरु गरेका थिए ।

उनले सन १९६८ मा आफ्ना साथी रोबर्ट नायससँग मिलेर इन्टेल कम्पनी स्थापना गरेका थिए ।

उनको एउटा भविष्यवाणी निकै लोकप्रिय बनेको थियो । जसलाई ‘मूरको नियम’ भनिन्छ । यो नियम अनुसार कम्प्यूटरको प्रसेसिंग शक्ति हरेक वर्ष दुईगुणा बढ्नेछ ।

पछि यसलाई संशोधन गरेर दुई वर्षमा दुईगुणाको अवधारणा ल्याइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved