नदी मिचेर बनाएका संरचना हटाउने महानगरको तयारी, एक सातामा हट्न सूचना जारी

नेपालभ्युज

नदी मिचेर बनाएका संरचना हटाउने महानगरको तयारी, एक सातामा हट्न सूचना जारी

काठमाडौं । काठमाडौं महानगरपालिका अतिक्रमण हटाउन फेरि सक्रिय भएको छ । महानगरले नदी मिचिएका स्थान खाली गर्ने तयारी गरेको छ ।

नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन महानगरले निर्देशन दिएको छ ।

आज शनिबार एक सूचना प्रकाशित गर्दै महानगरले नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन गरेकालाई तत्काल अन्यत्र सार्न भनिएको छ ।
एक साताभित्र अनधिकृत संरचना नहटाए प्रचलित कानुन बमोजिम महानगरले आफै हटाउने र सो को खर्च सम्बन्धित पक्षसँगै असुल उपर गरिने महानगरद्वारा जारी सूचनामा उल्लेख छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved