बिहानै खालीपेट मह, कागती पानी पिउनुका फाइदा

नेपालभ्युज

बिहानै खालीपेट मह, कागती पानी पिउनुका फाइदा

एजेन्सी । कुनै पनि मौसममा बिहानै खाली पेट कागती पानीमा मह मिसाएर पिउँदा धेरै नै फाइदा हुन्छ । यसले शरीरमा त फाइदा गर्छ नै साथमा छालाका लागि पनि राम्रो मानिन्छ ।

यसका फाइदा निम्न छन् ।

  • खाली पेट एक गिलास मनतातो पानीमा एक चम्चा मह, आधा कागती निचोरेर पिउँदा स्वस्थ तथा निरोगी हुन सकिन्छ ।
  • कागती, मह र तातो पानीले पाचन शक्ति बलियो बनाउँदछ ।
  • यदि तपाईंलाई एसिडिटीको समस्या छ भने कागती पानी र मह पिउनुहोस् ।
  • तातो पानीले हाम्रो घाँटीमा जमेको कफ निकाल्छ र शरीरमा भएको टक्सिनलाई बाहिर फाल्छ जसले गर्दा पेट सफा हुन्छ ।
  • कागती पानी र महको मिश्रण नियमित सेवन गर्दा कब्जियतबाट पनि सजिलै छुट्कारा पाउन सकिन्छ ।
  • यसरी पानी पिउँदा दिनभर जाँगरिलो तथा फुर्तिलो रहन सकिन्छ ।
  • यसले मोटोपन घटाउने काम गर्छ र तौल नियन्त्रण गर्दछ ।
  • यसले छालालाई ताजगी दिन्छ र चम्किलो बनाउँछ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved