‘एन्जाइटी’का ६ वटा लुकेका लक्षण

नेपालभ्युज

‘एन्जाइटी’का ६ वटा लुकेका लक्षण

एजेन्सी। एन्जाइटी वा चिन्ता एक प्रकारको रोग हो जसलाई सजिलै थाहा नपाउने हुन सक्छ ।

यो सुरुमै त्यति खतरनाक त हुँदैन, तर एन्जाइटी बढ्दै गयो भने यसले दिमागमा समस्या ल्याउन सक्छ । साथै, मानसिक स्वास्थ्यमा यसले नराम्रो प्रभाव पारिरहेको हुन्छ।

आज हामी नेपाली मानसिक रोग विशेषज्ञहरूले बताएअनुसार एन्जाइटीका ६ वटा लुकेका लक्षणहरूका बारेमा बताउनेछौं । जसले गर्दा तपाईं वा तपाईंको आसपासको व्यक्तिलाई ‘एन्जाइटी’ भएको छ कि छैन भनेर पहिचान गर्न सक्नुहुनेछ।

१. एन्जाइटी भएको व्यक्ति स्थिर बस्न सक्दैन । बसेको बेला पनि शरीर अघिपछि हल्लाइरहने बानी हुन्छ ।

२. त्यस्तै, शरीर हल्लाएजसरी खुट्टाहरू पनि बढी हल्लाइरहने बानी हुन सक्छ ।

३. दिनभर कामको बेला होस् वा कसैसँग कुराकानीको बेला ओठ टोक्ने वा ओठको छालाहरूलाई दाँतले निकालिरहने बानी हुन्छ ।

४. त्यस्तो अर्को लक्षण छ, जुन काम गर्दा पनि हतार महसुस गर्नु भइरहने र एकदमै हतारमा काम गर्ने बानी हुन्छ ।

५. त्यस्तै अर्को बानी हुन्छ, अनुहार चलाइरहने वा हातले घोट्ने, कन्याउने खालको बानी हुन्छ ।

६. कुनै पनि काम आफ्नै नियन्त्रणमा गर्ने बानी हुन्छ । आफूले भनेजस्तो भएन भने बढी चिटचिटाहापन हुने र बढी रिसाउने बानी हुन्छ ।

यी सबै बानी हुँदैमा तपाईंलाई ‘एन्जाइटी’ नै भयो वा मानसिक रोग नै लागेको मानिँदैन । यसले तपाईं अलि बढी एन्सियस वा चिन्तित खालको मान्छे हुनुहुन्छ भन्ने जनाउँछ । वा यस्तो पनि भन्न सकिन्छ, तपाईं केही कुराको चिन्तामा वा सोंचमा चलिरहनुभएको छ भन्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved