हड्डी बलियो बनाउन यस्तो खानाबाट टाढा बसौं

नेपालभ्युज

हड्डी बलियो बनाउन यस्तो खानाबाट टाढा बसौं

एजेन्सी । जब कुरा हड्डीको हुन्छ प्रायः मानिस आफ्नो खानपानमा क्याल्सियमको मात्रा बढाउने कुरा गर्छन् । तर सही मात्रामा क्याल्सियम सेवन गर्दैमा हड्डी बलियो हुन्छ भन्ने हुँदैन ।

हड्डीलाई बलियो बनाउन क्याल्सियमको भूमिका हुन्छ तर क्याल्सियमले मात्र हुँदैन । त्यसैले यसका लागि आफ्नो दिनहुँको खानपानमा ध्यान दिन आवस्यक छ ।

सायद तपाईंलाई थाहा नहुन सक्छ हामीले जे खाए पनि त्यसको सीधा असर हड्डीहरुमा गर्छ । हड्डी बलियो वा कमजोर बनाउन सक्छ । क्याल्सियम र भिटामिन डीले भरिपूर्ण खानाले हड्डी बलियो बनाउछ भने अर्कातिर त्यस्ता खाना छन् जसले हड्डीलाई कमजोर बनाइरहेको हुन्छ ।

आज हामी हड्डीलाई नकारात्मक प्रभाव पार्ने खाना बारे बताउनेछौं ।

चिनी

चिनीको सेवन गर्नु हड्डीका लागि कुनै पनि अवस्थामा राम्रो मानिँदैन । जब तपाईं चिनीको सेवन गर्नुहुन्छ यसले शरीरमा फस्फोरस अब्जर्बशनको प्रक्रियालाई प्रभावित गर्दछ । फस्फोरसले हड्डीलाई बलियो बनाउन सहयोग गर्छ । फस्फोरस हड्डीको स्वास्थ्यका लागि एकदमै जरुरी हुन्छ । त्यति मात्र होइन स्वास्थ्य विशेषज्ञलाई मान्नुहुन्छ भने चिनीले दिमागको क्षमतालाई पनि गलत असर गर्ने गर्दछ ।

प्रशोधित खाद्य

हड्डीको स्वास्थ्यका लागि प्रशोधित गरिएको खानेकुरा पनि एकदमै हानिकारक मानिन्छ । खासगरी यस्ता उत्पादनमा क्याल्सियम तथा फस्फोरस जस्ता महत्वपूर्ण तत्व नै हुँदैनन् । जसले गर्दा हड्डीमा कुनै पनि पोषक तत्व जाँदैन । साथै तपाईंले प्रशोधित खाद्य धेरै सेवन गर्नुभयो भने ताजा तथा स्वस्थ खानपिन कम खानुहुन्छ जसले गर्दा पनि हड्डी कमजोर हुन्छन् ।

चिसो पेय पदार्थ

हड्डीको स्वास्थ्यका लागि कार्बोनेटेड ड्रिंक एकदमै नोक्सानदायक हुन्छन् । यस्तो हुनुको कारण त्यस्तो पेय पदार्थमा पाइने फस्फोरिक एसिडको अधिक मात्रा हो । फस्फोरिक एसिडले रगतमा एसिडिटीको मात्रा बढाउँछ । यस्तो अवस्थामा एसिडिटीको मात्रा कम गर्न शरीरबाट क्याल्सियम निस्कन थाल्छ । जसले गर्दा हड्डीको घनत्व कम हुन्छ र भाँचिने खतरा बढेर जान्छ ।

अत्यधिक नुन

नुनले तपाईंको खानाको स्वाद बढाउने काम गर्छ । तर आवश्यकता भन्दा धेरै नुनको सेवन हड्डीका लागि नोक्सानदायक हुन सक्छ । जति धेरै नुन तपाईं खानुहुन्छ त्यति नै धेरै क्याल्सियम शरीरबाट हराउँछ ।

जब सोडियमको सेवन बढ्छ, त्यस्तो अवस्थामा सोडियम र पोटाशियमको सन्तुलन रहँदैन । जसले गर्दा हड्डीलाई नोक्सान हुन्छ । त्यसैले हड्डीलाई बलियो बनाउन एकदमै कम नुन खानु पर्छ ।

क्याफिनको सेवन

कफी र चियामा क्याफिन धेरै मात्रामा हुन्छ । एकदमै धेरै क्याफिनयुक्त पेय पदार्थ सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक छ भन्ने त तपाईंलाई थाहै होला । तर यसले हड्डीलाई समेत कमजोर बनाउँछ ।

धेरै क्याफिनको सेवनले शरीरले क्याल्सियम खपत गर्ने क्षमता कमजोर हुन्छ । जसको असर हड्डीको स्वास्थ्यमा पर्न जान्छ । तपाईंलाई थाहा छैन होला, १०० मिलीग्राम क्याफिनको सेवन गर्दा ६ मिलीग्राम क्याल्सियम गुमाउनु पर्छ ।

यदि तपाईंको दैनिक क्याफिन ४०० मिलीग्रामभन्दा धेरै छ भने यसले हड्डीलाई कमजोर बनाउँछ र भाँचिने खतरा बढेर जान्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved