मिठो निद्राका लागि खानुहोस् पिस्ता

नेपालभ्युज

मिठो निद्राका लागि खानुहोस् पिस्ता

एजेन्सी। के तपाईंलाई रातमा राम्रोसँग निद्रा लाग्दैन ? के तपाईं निद्राको पर्खाइमा कोल्टे फेरिरहनुहुन्छ ? चिन्ता लिनुको सट्टा पिस्तालाई आफ्नो खानपानमा समावेश गर्नुहोस् ।

तपाईंलाई अचम्म लाग्न सक्छ, तर पिस्ताले राम्रो निद्रा ल्याउन सहयोग गर्दछ ।  पिस्ताले गहिरो निद्रा लगाउनका लागि कसरी काम गर्छ भनेर आयुर्वेदिक विशेषज्ञले यसरी व्याख्या गरेका छन् ।

सबै नट्सको तुलनामा पिस्तामा मेलाटोनिन तत्व पाइन्छ । यसले तपाईंको सुत्ने उठ्ने चक्रलाई सन्तुलित बनाइरहन्छ । जब मेलाटोनिन निस्कन्छ तब यसले दिमागलाई अब सुत्ने बेला भयो भन्ने संकेत पठाउँछ।

गहिरो निद्राको लागि पिस्ता

मेलाटोनिनले हामीलाई छिटो र लामो समयसम्म सुत्नमा सहयोग गर्छ । यसले हाम्रो निद्रामा सुधार ल्याउँछ, जो शारीरिक, मानसिक स्वास्थ्य तथा अटोइम्युनसँग जोडिएका समस्याहरूलाई ठीक पार्न जरुरी हुन्छ ।

विशेषज्ञका अनुसार पिस्ता खानाले हाम्रो शरीरलाई म्याग्नेसियम तथा भिटामिन बी ६ पनि प्राप्त हुन्छ । यसले सुत्ने समस्याको समाधान मात्र नभएर गहिरो निद्रा दिने गर्दछ ।

आयुर्वेदका अनुसार, पिस्ताले वायुनाशक तथा गर्मी गर्दछ जो चिन्ता, अनिद्रा तथा मोटोपनबाट ग्रस्त व्यक्तिहरूका लागि एकदमै राम्रो हुन्छ । यो दिमागको स्वास्थ्यका लागि पनि एकदमै राम्रो हुन्छ र निद्रामा सुधार ल्याउने काम गर्दछ ।

पिस्ता मुटुका लागि पनि राम्रो मानिन्छ । पिस्तामा मेलाटोनिन बाहेक अन्य पोषकतत्व जस्तै भिटामिन बी ६, पोटासियम, म्याग्नेसियम, फस्फोरस, कपर, थियामिन आदि पाइन्छ ।

त्यसैले, जो व्यक्तिलाई रातमा सुत्नेबेला गहिरो निद्रा लाग्दैन त्यस्तो व्यक्तिले म्याग्नेसियम तथा मेलाटोनिनको औषधि सेवन गर्नुभन्दा सुत्नुभन्दा एक घण्टा अगाडि एक मुट्ठी पिस्ता खानुपर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved