२२ जना सीडीओको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

नेपालभ्युज

२२ जना सीडीओको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले २२ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर गरेको छ । जसमा १० प्रमुख जिल्ला अधिकारी समेत रहेका छन् । गृहमन्त्रीकाे जिम्मेवारीमा सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयमा जगेडामा रहेका केही सहसचिव र उपसचिवको सरुवा गरेका हुन् ।

सरुवा तथा पदस्थापन सूचीअनुसार भर्खरै मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालय सरुवा भएर आएका सहसचिव महादेव पन्थलाई मन्त्रालयमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

सहसचिवको दरबन्दीमा कार्यरत उपसचिवलाई हटाएर सहसचिवलाई नै खटाइएको छ । सहसचिव मेखबहादुर मगरातीलाई पाँचथर, रामकृष्ण अधिकारीलाई लमजुङ, जयकुमार घिमिरेलाई जुम्ला, प्रेमप्रसाद आचार्यलाई पर्वत, कोमलप्रसाद धमलालाई दोलखा, अनिता निरौलालाई रामेछापको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरेलाई जिल्ला प्रशासन कार्यालय जुम्लाको सहायक प्रमुख जिल्ला अधिकारी, धनकुटाका लीलाकुमारी केसीलाई पाँचथरको सहायक प्रमुख जिल्ला अधिकारीमा (काज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण), दोलखाका प्रमुख जिल्ला अधिकारी शेखर पौड्याललाई जिल्ला प्रशासन कार्यालय इलामको सहायक प्रमुख जिल्ला अधिकारी, रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीलाई जिल्ला प्रशासन कार्यालय बैतडीको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गर्दै काजमा एनडीआरआरएमा काज राखिएको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीलाई सहायक प्रमुख जिल्ला अधिकारी दोलखा, पर्वतका प्रमुख जिल्ला अधिकारी चित्रांगत बराललाई बागलुङको सहायक प्रमुख जिल्ला अधिकारी, बागलुङका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेललाई जिल्ला प्रशासन कार्यालय पर्वतको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved