वित्तीय सुधारलाई तीव्रता दिन लेबनानलाई निर्देशन

नेपालभ्युज

वित्तीय सुधारलाई तीव्रता दिन लेबनानलाई निर्देशन

बेरुत । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले वित्तीय सुधारको कार्यान्वयनलाई तीव्रता दिन लेबनानलाई निर्देशन दिएको छ ।

लेबनानका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) प्रतिनिधिमण्डलका प्रमुख अर्नेस्टो रामिरेज रिगोले बिहीबार लेबनानी अधिकारीहरूलाई उद्धार कार्यक्रम सञ्चालनमा ल्याउन वित्तीय सुधारको कार्यान्वयनलाई तीव्रता दिन आग्रह गरेका हुन् ।

परिस्थितिको जटिलताको स्थितिलाईलाई ध्यानमा राख्दै रिगोले दिएको निर्देशनबारे एलनाशरा वेबसाइटले रिपोर्ट गरेको छ, ‘लेबनान आर्थिक रूपले खतरनाक अवस्थामा छ । लेबनानमा सुधारको प्रगति सुस्त छ । त्यसैले आर्थिक सुधारको अनुभूति हुनु जरूरी छ ।

रिगोले भने, ‘लेबनानमा वित्तीय सुधारसँग सम्बन्धित कानूनहरू अनुमोदन र कार्यान्वयन गर्ने सम्बन्धमा हामीले थप अपेक्षा गरिरहेका थियौं। ‘पूँजी नियन्त्रण कानूनको अन्तिम मस्यौदाले लक्ष्यहरू पूरा गर्दैन र संशोधनको आवश्यकता छ ।’

पूँजी नियन्त्रण कानूनको अन्तिम मस्यौदाले लक्ष्यहरू पूरा गर्दैन र संशोधनको आवश्यकता छ । लेबनानको केन्द्रीय बैंकबाट ऋण लिन बन्द गर्न लेबनानी सरकारलाई आग्रह गर्दै उनले लेबनानको वित्तीय सङ्कटका कारण लेबनानी बैंकिङ प्रणालीमा तरलता र पूँजीको अभाव भएकाले सबैले घाटा बेहोर्नुपर्ने बताए ।

इतिहासकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको लेबनानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट प्राप्त हुने सहायताका लागि आवश्यक सुधारहरू कार्यान्वयन गर्न असफल भएको छ ।  सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved