विदेशी टोली एभिनर खप्तड गोल्डकपको क्वाटरफाइनलमा

नेपालभ्युज

विदेशी टोली एभिनर खप्तड गोल्डकपको क्वाटरफाइनलमा

धनगढी । विदेशी टोली एभिनर फुटबल क्लव छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोलडकपको क्वाटरफाइनलमा पुगेको छ । प्रतियोगिताको दोस्रो दिन भएको खेलमा क्यामरुनको एभिनर एफसीले ‘ए’ डिभिजन क्लव खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

धनगढी रंगशालामा शुक्रबार भएको खेलमा एभिनरले आठौं मिनेटमा कोन्फोरको गोलमा अग्रता लिएको थियो । खेलको ३६ औं मिनेटमा अनुज भण्डारीले गोल गर्दै खुमलटारलाई बराबरीमा ल्याएका थिए । पहिलो हाफमा बराबरी नतिजा रहेपनि दोस्रो हाफमा खुमलटारले केहि कमजोर प्रदर्शन गर्‍यो ।

दोस्रो हाफमा एभिनरका मोसिसले लगातार दुई गोल गर्दै विदेशी टोलीलाई क्वाटर फाइनलको यात्रा तय गराए । उनले खेलको ६६ औं र ७२ औं मिनेटमा गोल गरेका थिए । एभिनरले सेमिफाइनल प्रवेशका लागि बागमती युवा क्लव र मनाङ मस्र्याङ्दी क्लवबीच हुने खेलको विजेतासँग खेल्ने छ ।

शनिबार नेपाल पुलिस क्लव र भारतीय क्लव जर्जियनबीच प्रि–क्वाटरफाइनलको अन्तिम खेल हुने छ । मोफसलको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबर्द्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो । आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved