फ्रान्समा निवृत्तिभरण सुधारविरुद्ध राष्ट्रव्यापी प्रदर्शन, ४ सय ५७ जना पक्राउ

नेपालभ्युज

फ्रान्समा निवृत्तिभरण सुधारविरुद्ध राष्ट्रव्यापी प्रदर्शन, ४ सय ५७ जना पक्राउ

पेरिस। राष्ट्रपति इम्यानुल म्याक्रोंले अघि सारेकोको निवृत्तिभरण सुधारसम्बन्धी योजनाविरुद्धको विरोध प्रदर्शन अझ चर्किने सङ्केत देखापरेको छ ।

अलोकप्रिय पेन्सन सुधारविरुद्ध बिहीबार देशभर भएका विरोध प्रदर्शनमा दश लाखभन्दा बढी सहभागी भएका थिए भने आगामी साता बेलायतका राजा चाल्र्स तृतीयको भ्रमणको समय पारेर राष्ट्रव्यापी हडताल र विरोध प्रदर्शनका निम्ति आह्वान भएको छ ।

राष्ट्रपतिले म्याक्रोंले अघि सार्नुभएको सेवानिवृत्तिको उमेरप्रति फ्रान्सेली क्रुद्ध भएका छन् । उनले ‘रिटायर’ हुने विद्यमान ६२ वर्षको उमेर हदलाई बढाएर ६४ पुर्‍याउने विधेयक प्रस्ताव गरेका छन् ।

भारी मतले सदनले अनुमोदन गरेको उक्त विधेयक संसदीय समितिमा विचाराधीन छ । उक्त समितिले अन्तिम मस्यौदा तयार गरेर पुनः सदनमा प्रस्तुत हुनेछ ।

यसैबीच, बिहीबारको राष्ट्रव्यापी विरोधप्रदर्शनका क्रममा चार सय ५७ जना पक्राउ परेका तथा चार ४१ जना घाइते भएका गृहमन्त्री गेराल्ड डर्मानिनले बताए । राजधानी पेरिसमा ठूलो प्रदर्शन भएको तथा धेरै स्थानमा टायर बालेर विरोध गरिएको उनले जानकारी दिएका छन् ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved