नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त

नेपालभ्युज

नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त
फाइल फोटो

काठमाडौं। नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त भएका छन्। मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले एआइजी कुँवरलाई महानिरिक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

डिआइजीबाट एआइजीमा बढुवा हुँदा कुँवर १ नम्बरमा थिए । कुँवरसहित टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य केही दिन अघि मात्रै एआइजीमा बढुवा भएका थिए ।

महानिरीक्षकको दौडमा दिपक थापा र श्याम ज्ञवाली पनि मुख्य प्रतिस्पर्धामा थिए । सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कुँवरलाई महानिरीक्षक बनाउने निर्णय भएको जानकारी दिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved