मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत, बागमती सरकारले पायो निरन्तरता

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले दोस्रोपटक विश्वासको मत पाएका छन् ।

नेपालभ्युज

मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत, बागमती सरकारले पायो निरन्तरता

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले दोस्रोपटक विश्वासको मत पाएका छन् ।

शुक्रबार आह्वान गरिएको सदनबाट उनले दोस्रोपटक विश्वासको मत पाएका हुन् । विश्वासको मत पाउँ भनि मुख्यमन्त्री जमकट्टेलले सदनमा राखेको प्रस्तावको पक्षमा ६७ मत पर्‍यो ।

सदनमा उपस्थित ९१ जना सांसदमध्ये १७ ले प्रस्तावको विपक्षमा मतदान गरे भने ७ जना सांसद तटस्थ देखिए ।

मुख्यमन्त्री जमकट्टेललाई उनको दल माओवादी केन्द्रका २१, कांग्रेसका ३७, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदले विश्वासको मत दिएका हुन् ।

यससँगै मुख्यमन्त्री जमकट्टेल नेतृत्व सरकारले निरन्तरता पाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved