‘ग्रीन टी’ कसका लागि हानीकारक हुन्छ ?

नेपालभ्युज

‘ग्रीन टी’ कसका लागि हानीकारक हुन्छ ?

एजेन्सी । अहिले ‘ग्रीन टी’ लाई तौल कम गर्ने वा अन्य स्वास्थ्यका फाइदाहरु पाइने भनेर धेरैले सेवन गरिरहेको पाइन्छ । तर तपाईंलाई थाहा छ, त्यस्तो कतिपय अवस्थामा ‘ग्रीन टी’ पिउनु नोक्सानदायक पनि हुन सक्छ । त्यसैले आज हामी कस्तो अवस्थामा ग्रीन टी नपिउने भनेर तपाईंलाई बताउनेछौं ।

कम रक्तचाप भएका मानिसले खाली पेट ग्रीन टी पिउनु हुँदैन । यसले रक्तचाप झनै कम गरेर समस्या उत्पन्न हुन सक्छ ।

महिनावारी भएको तीन दिनसम्म पनि ग्रीन टी नपिएको राम्रो । साथै गर्भावस्थाको पहिलो तीन महिना र सुत्केरी हुनुभन्दा दुई महिना पहिलेदेखि ग्रीन टीको सेवन गर्नु हुँदैन । महिनावारीको बीचको अवधीमा हल्का पिउन सकिन्छ । वा त्यसको लागि तपाईं सबैभन्दा राम्रो आफ्नो डाक्टरको सल्लाह लिनुहोस् ।

स्तनपान गराइरहेका आमाले पनि ग्रीन टी पिउनु हुँदैन । साथै किमो र अन्य थेरापी लिएका विरामीले ४२ दिनसम्म ग्रीन टीको सेवन गर्नु हुँदैन ।

हृदयसम्बन्धी रोग भएकाले कुनै प्रकारको रासायनिक औषधीको सेवन गरेपछि ग्रीन टी पिउनु हुँदैन । साथै रगतलाई पातलो बनाउने औषधी सेवन गरिरहेका व्यक्तिले पनि ग्रीन टी नपिउँदा नै राम्रो मानिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved