गण्डकीमा माओवादीले फिर्ता लियो समर्थन, एमालेका मुख्यमन्त्री अल्पमतमा

गण्डकी प्रदेश माओवादी संसदीय दलको शुक्रबार बसेको बैठकले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि एमाले सरकार अल्पमतमा परेको छ।

नेपालभ्युज

गण्डकीमा माओवादीले फिर्ता लियो समर्थन, एमालेका मुख्यमन्त्री अल्पमतमा

काठमाडौं। गण्डकी प्रदेश सरकारको मुख्य साझेदार नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समर्थन फिर्तासँगै दुई मन्त्रीले आजै राजीनामा दिने तयारी गरेका छन्।

गण्डकी प्रदेश माओवादी संसदीय दलको शुक्रबार बसेको बैठकले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि एमाले सरकार अल्पमतमा परेको छ।

पुस २५ मा माओवादी केन्द्रसहित राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

अधिकारीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। अब बहुमत रहेको विपक्षी दलहरू कांग्रेस–माओवादीले नयाँ सरकार बनाउन समीकरण थालेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved