गण्डकीबाट हरिबहादुर चुमानले भने- ‘मेरै नेतृत्वमा सरकार बन्छ’

६० सदस्यीय प्रदेश सभामा सरकार जोगाउनका लागि ३१ सांसदहरूको समर्थन चाहिन्छ । नयाँ गठबन्धन प्रदेश सभामा ३ दलको रूपमा पुगेको छ ।

नेपालभ्युज

गण्डकीबाट हरिबहादुर चुमानले भने- ‘मेरै नेतृत्वमा सरकार बन्छ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश सरकारबाट बाहिरिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारबाट बाहिरिने निर्देशनपछि आफूहरू बाहिरिएको संसदीय दलका नेता हरिबहादुर चुमानले बताए ।

भौतिक पूर्वाधारमन्त्रीबाट सेमत भर्खरै राजीनामा दिएका चुमानले सरकारलाई दिएको समर्थन लिइसकेको र अब आफूहरूकै नेतृत्वमा सरकार गठनको प्रक्रिया थाल्ने बताए । ‘अब हाम्रै नेतृत्वमा सरकार गठन गर्ने प्रक्रिया थाल्छौँ,’ चुमानले नेपालभ्यूजसँग भने ।

गण्डकीमा माओवादीले फिर्ता लियो समर्थन, एमालेका मुख्यमन्त्री अल्पमतमा

केन्द्रमा बनेको नयाँ गठबन्धनअनुसार प्रदेश सरकार फेरिन लागेको हो । अहिले सरकारको नेतृत्व नेकपा (एमाले) का खगराज अधिकारीले गरिरहेका छन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिनेबित्तिकै उनी अल्पमत पर्नेछन् र विश्वासको मत लिन नसके सरकारबाट स्वत: हट्नुपर्नेछ ।

नयाँ गठबन्धनको असर : सबै प्रदेश सरकार गुमाउँदै एमाले

नयाँ गठबन्धनअनुसार प्रदेश सभामा रहेका दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी एकैठाउँ हुनेछन् । यस्तो अवस्थामा २२ सिट भएको एमालेले सरकार जोगाउन सक्नै छैन । राप्रपासँग २ सिट छ, अहिले एमलाे र राप्रपा सँगै छन् । उनीहरूको सिट भने २४ मात्रै पुग्नेछ, राप्रपासँग प्रदेश सभामा २ सांसद छन् ।

६० सदस्यीय प्रदेश सभामा सरकार जोगाउनका लागि ३१ सांसदहरूको समर्थन चाहिन्छ । नयाँ गठबन्धन प्रदेश सभामा ३ दलको रूपमा पुगेको छ । त्यहाँ कांग्रेसका २७, माओवादी केन्द्रका ७ (सभामुखबाहेक) र एकीकृत समाजवादीका १ सांसद छन् । यसरी हेर्दा गठबन्धनसँग सरकार गठनका लागि ‘इजी मेजरिटी’ देखिन्छ ।

नेता चुमान संसदीय अङ्कगणित हेरेर मुख्यमन्त्री बन्न तम्तयार छन् । यसअघि कांग्रेस र एमाले दुवैलाई सरकार बनाउनमा सघाएको र अब पालो आफ्नै रहेको चुमानको भनाइ छ ।

‘हामीले कांग्रेसलाई पनि सरकार बनाउन सघायौँ, एमालेलाई पनि सघायौँ । अब सरकार बनाउने पालो हाम्रो छ, अब म सरकारको नेतृत्व गर्छु,’ उलने भने, ‘त्यहीअनुसार केन्द्रमा पनि छलफल भइरहेको छ ।’

केन्द्रमा बनेको नयाँ गठबन्धनका कारण एमालेले नेतृत्व गरिरहेको ३ वटा प्रदेश सरकारहरू गुमाउँदैछ । अहिले पनि एमालेले गण्डकीसँगै कोशी र लुम्बिनी पनि नेतृत्व गरिरहेको छ ।

तर, केन्द्रीय गठबन्धन कांग्रेसको नेतृत्वमा गएपछि उसले सबै प्रदेश सरकारबाट बाहिरिनुपरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved