नेपाल लाइफको सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक

नेपालभ्युज

नेपाल लाइफको सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीमा आयोजित एक विशेष समारोहका बीच सो योजना सार्वजनिक गरिएको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उक्त बिमा योजनाको सार्वजनिक रुपमा अनावरण गरेका थिए ।

आफु तथा आफ्नो परिवारलाई आर्थिक संकटको सामना कहिल्यै पनि गर्न नपरोस् र आफ्नो वृद्ध अवस्था सम्म पनि आफु आर्थिक रुपमा कसैको भर पर्न नपरोस् भन्ने सामाजिक मनोविज्ञानलाई आत्मसाथ गर्दे एकै बिमा योजनाबाट दुई किसिमको सुविधा उपयोग गर्न पाउने गरी नेपाल लाइफले ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना’ सार्वजनिक गरेको हो ।

‘सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुवात’ भन्ने नाराका साथ नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक गरिएको हो । एउटै बिमा योजनाबाट दुई किसिमको सुविधा प्राप्त गर्न सकिने यो जीवन बिमा योजना सावधिक अग्रिम भुक्तानी तथा आजीवन बिमा हो ।

यसमा बिमितको प्रवेश उमेर १८ वर्ष देखि ६५ वर्ष रहने तथा न्यूनतम बिमाशुल्क भुक्तानी अवधि ५ वर्ष देखि अधिकतम बिमाशुल्क भुक्तानी अवधि ३५ वर्र्ष सम्म हुनेछ । यो योजनाको न्यूनतम बिमाक रकम २५ हजार रुपैया तथा अधिकतम बिमाक रकम आयश्रोतको आधारमा निर्धारण गर्न सकिनेछ ।

यो योजनाले न्युन बिमाशुल्कमा बचत र सुरक्षा एकै साथ प्रदान गर्दछ । यो योजना अन्तर्गत जोखिम बहनको अतिरिक्त बीमितलाई बिमालेख अवधिभर बचत गर्न प्रोत्साहन गर्दछ । यस योजनाले अवकाशपछिको आर्थिक आवश्यकतालाई समेत समेट्ने दावी गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved