‘सुन्तली’ भन्छिन्,- इनबक्समा नाङ्गो फोटो आउन थाल्यो, मलाई सफाइ देऊ कि सजाय

कलाकार तथा अभियन्ता कुञ्जना घिमिरे ‘सुन्तली’ ले आफ्नो इनबक्समा नग्न तस्वीरहरू पठाउन सुरुवात भएको बताएकी छिन्। उनले आफूमाथि विभिन्न तुच्छ गालीको समेत वर्सात् भएको भन्दै आफ्नो मन दुखेको बताएकी छिन्।

नेपालभ्युज

‘सुन्तली’ भन्छिन्,- इनबक्समा नाङ्गो फोटो आउन थाल्यो, मलाई सफाइ देऊ कि सजाय

काठमाडौं। कलाकार तथा अभियन्ता कुञ्जना घिमिरे ‘सुन्तली’ ले आफ्नो इनबक्समा नग्न तस्वीरहरू पठाउन सुरुवात भएको बताएकी छिन्। उनले आफूमाथि विभिन्न तुच्छ गालीको समेत वर्सात् भएको भन्दै आफ्नो मन दुखेको बताएकी छिन्।

हाल धुर्मुस–सुन्तली गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा अनियमितता गरेको भन्दै सर्वत्र विरोधको केन्द्रमा रहेकी कुञ्जनाले आफ्नो फेसबुक पोस्टमा लेखेकी छिन्, ‘‘अबको हरेक वार्ता खुलेआम रङ्गशाला मैदानमा गरियोस् नाकी बन्द कोठामा। मलाई मेरो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको छ। विभिन्न तुच्छ गालीको बर्सात भइरहेको छ ।’’

उनले पति सीताराम कट्टेल ‘धुर्मुस’जस्तै आफू पनि मानसिक यातनाले विक्षिप्त भएको बताएकी छिन्। उनी लेख्छिन्, ‘धुर्मुसजीले केही समय धैर्य गर भन्दै गर्दा यत्तिका समय सुन्नै नसकिने शब्दहरूका गाली गलौच सहँदै आएँ र आज म मानसिक यातनाले विक्षिप्त भएको छु।’’

‘अब सुन्ने र सहने शक्ति छैन ममा । कि मलाई सफाइ देऊ कि सजाय, तर जे गर्छौ छिटो गर,’ उनले अन्तिममा लेखेकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved